गृहपृष्ठ आईपीएलमा कोलकोताको लगातार दोस्रो हार, धवनले जिताए दिल्लीलाई
आईपीएलमा कोलकोताको लगातार दोस्रो हार, धवनले जिताए दिल्लीलाई
इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । ओपनर शिखर धवनले नटआउट ९७ रन बनाएपछि दिल्ली क्यापिटल्सले कोलकतालाई ७ विकेटले हराएको हो ।
कोलकाताले दिएको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । धवनले ९७ रन जोड्न ६३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । पृथ्वी शाले १४ रन जोडे । कप्तान श्रेयस ऐर ६ रनमा आउट भए । तेस्रो विकेटका लागि धवन र ऋषभ पन्तले १ सय ५ रनको साझेदारी गरेका थिए । पन्तले ४६ रनको महत्वपूर्ण योगदान गरे । कोलिन इन्ग्रामले १४ रन बनाए । कोलकाताका लागि नितिश राना, प्रशिध कृष्णा र आन्द्रे रसलले १–१ विकेट हात पारे ।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । कोलकाताका लागि शुभ्मन गिलले ६५ रनको महत्वपूर्ण योगदान गरेपनि त्यो जितका लागि पर्याप्त बनेन । ओपनर जो डेनली पहिलो बलमा नै बोल्ड हुँदै पभेलियन फर्किए । आन्द्रे रसलले ४५ रन जोडे । रोविन उथाप्पाले २८ रनको योगदान गरे । नितिश राना ११, कप्तान दिनेश कार्तिकले २, कार्लोस ब्रेथवेटले ६ रनमा आउट भए । पियुष चावला १४ रनमा अविजित रहे ।
दिल्लीका लागि किमो पल, क्रिस मोरिस र कागीसो रबाडाले समान २–२ विकेट लिए ।
प्रकाशित समय : १४:०७ बजे


















