गृहपृष्ठ नेपाल यूएईविरुद्ध टस हारेर ब्याटिङमा
नेपाल यूएईविरुद्ध टस हारेर ब्याटिङमा
आईसीसी यू–१९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
मलेसियाको क्वालालाम्पुरमा नेपालले टस हारेर ब्याटिङमा उत्रिएको छ । प्रतियोगितामा नेपालले यूएईलाई प्रमुख प्रतिद्वन्द्वि मानेको छ । यूएईलाई हराउन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप क्रिकेटमा छनोटको हुने नेपालको सम्भावना छ । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई २ सय १७ रनको विशाल अन्तरले हराउँदै शानदार सुरुवात गरेको थियो । यूएईले मलेसियामाथि ५ विकेटको जित निकालेको थियो ।
नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्षस्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने छ ।
प्रकाशित समय : १३:४६ बजे


















