गृहपृष्ठ विप्लव समूहका बझाङ सचिव मल्ल पक्राउ

विप्लव समूहका बझाङ सचिव मल्ल पक्राउ

विप्लव समूहका बझाङ सचिव मल्ल पक्राउ

विप्लव नेतृत्वको नेकपा समूहका बझाङ जिल्लाका सचिव भरत मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

बिथ्थडचिर गाँउपालिकाको स्याँडी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । मल्ललाई सदरमुकाम चैनपुर लगिएको छ । धनगढीबाट घर आउँदै गरेको सूचनाका आधारमा मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चन्दा असुली, ज्यान मार्ने धम्की, संघ संस्था नष्ट दिनेसम्मका धम्की दिएको आरोपमा मल्ललाई प्रक्राउ गरेको बझाङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु