गृहपृष्ठ पाकिस्तानको क्वेटामा विस्फोट, २० जनाको मृत्यु, ३० घाइते
पाकिस्तानको क्वेटामा विस्फोट, २० जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा विस्फोटमा परी २० जनाले ज्यान गुमाएका छन् । ३० जना घाइते भएका छन् ।
दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटाको हजारगन्जी तरकारी बजारमा शुक्रबार विस्फोट भएको हो । विस्फोटमा ज्यान गुमाउने अधिकांश हजारा आदिवासी रहेको बताइएको छ । सिया मुस्लिम समुदायलाई लक्षित गरी गरिएको सो विस्फोटमा ३० जना गम्भीर घाइते भएका छन् । आलुको बोरामा राखिएको बम व्यस्त तरकारी बजारमा पड्किएको पाकिस्तानी अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विस्फोटको जिम्मा भने कुनै पनि समूहले लिएको छैन ।
प्रकाशित समय : १३:१५ बजे


















