गृहपृष्ठ इथोसको ‘कसरी भनु म’ सार्वजनिक (भिडियोसहित)
इथोसको ‘कसरी भनु म’ सार्वजनिक (भिडियोसहित)
आरएनबी समूह इथोसले नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक गरेको छ । ‘कसरी भनु म’ बोलको गीत युट्युबमार्फत बिहीबार सार्वजनिक भएको हो । गीतमा अजयशम्शेर राणा, सञ्जय चौधरी र भारतीय चर्चित अण्डर ग्राउण्ड र्यापर एडिए ब्वाईको संयुक्त आवाज छ ।
गीतमा शब्द संगीत अजयशम्शेर राणा र सञ्जय चौधरीको छ । म्युजिक भिडियोको निर्देशन गायक राणा आफैले गरेका छन् । म्युजिक भिडियाकोे छायाँकन थाइल्याण्डका विभिन्न सहरमा गरिएको छ ।
इथोसले यसअघि नक्कली मैया, सुस्तरी–सुस्तरी, झ्यालैमा, गल्ती मेरो छैनलगायतका चर्चित गीतहरु बजारमा ल्याइसकेको छ । https://youtu.be/fW8dlAp9FWk
प्रकाशित समय : ०१:५६ बजे


















