गृहपृष्ठ सुनसरीको सेउतीमा तीन सवारी एक आपसमा ठोक्किए, ३ जनाको मृत्यु

सुनसरीको सेउतीमा तीन सवारी एक आपसमा ठोक्किए, ३ जनाको मृत्यु

सुनसरीको सेउतीमा तीन सवारी एक आपसमा ठोक्किए, ३ जनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् । दुई जना गम्भीर घाइते भएका छन् । धरानबाट इटहरीतर्फ आँउदै गरेको कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक शुक्रबार राति ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।

धरानबाट इटहरी जाँदै गरेका बा ४ च ४०७६ नम्बरको कार र मे १ त ६६९२ नम्बरको ट्रयाक्टर तथा इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ बस एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा इटहरी–५ का अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिकाका जनक बुढाथोकी र इटहरी–४ का मदन लिम्बू छन् । दुर्घटनामा कार चालक र ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बसमा सवार चार जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु