गृहपृष्ठ न्यु क्यासलसँग लेस्टर पराजित
न्यु क्यासलसँग लेस्टर पराजित
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी न्यु क्यासल युनाइटेडसँग पराजित भएको छ ।
मियर लिग अन्तर्गत शुक्रबार रातिको खेलमा लेस्टर सिटी आफ्नै मैदान किङ पावर स्टेडियममा १–० गोलको हार ब्यहोर्न पुगेको हो । प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमा आयोजी पेरेजले गरेको गोल गर्दै न्यु क्यासललाई अग्रता दिलाए । त्यसपछि कुनै गोल नहुँदा सो एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो । लेस्टरले गोल फर्काउने प्रयास गरे पनि न्यु क्यासलको बलियो रक्षापङ्ति तोड्न नसक्दा घरेलु मैदानमा पराजित हुन पुग्यो ।
जितसँगै न्यु क्यासल ३८ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ भने ४७ अंकसहित सातौं स्थानमा कायम छ ।
प्रकाशित समय : १५:२६ बजे


















