global ime bank Long Banner Ad

गृहपृष्ठ बलात्कारीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ

बलात्कारीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ

बलात्कारीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ

महेन्द्रनगरका महिलाले बलात्कारीलाई कानुनी दायरामा ल्याउन दबाबस्वरुप धनुषाको इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । महेन्द्रनगरका सयौं महिला दिउँसो १ बजे जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत इलाका प्रहरी कार्यालयअगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–५ का राजकुमार साहले आफ्नै १४ वर्षीया भतिजीलाई बेहोसको औषधी खुवाएर बलात्कार गरेको आरोपमा स्थानीय आक्रोशित भएका हुन् । बलात्कारपछि बालिकाको अवस्था नाजुक छ । अहिले पीडित बालिकाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रँदै गएकाले बलात्कारीलाई कडा सजायको माग गर्दै स्थानीयवासीले प्रहरी कार्यालय घेराउ गर्दै सडक अवरुद्ध गरेका छन् ।

against-rape-newskarobar

बलात्कारीलाई प्रहरीले बचाउन खोजेको खबर पाएकाले दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन दबाबस्वरुप इलाका प्रहरी कार्यालय र सडक अवरुद्ध गरेको उनीहरुले बताएका छन् । प्रदर्शनकारीले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजीसमेत गरिरहेका छन् ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु