गृहपृष्ठ विप्लव समूहको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पक्राउ
विप्लव समूहको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पक्राउ
नेत्रबिक्रम चन्द (विप्लव) समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष पक्राउ परेका छन् ।
प्रतिबन्धित पार्टीको गतिविधिमा संलग्न भएको भन्दै अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष प्रेम बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिवेणी गाउँपालिका २ सिमु्रतुको एक होटलबाट बिहीबार नै पक्राउ परेका र बोहरालाई सार्वजनिक अपराध कसुर शीर्षक अन्तर्गत मुद्धा चलाएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १२:२९ बजे


















