गृहपृष्ठ प्रधानमन्त्रीको क्षेत्रमा विकास योजना पारेको हल्ला गलत : सचिवालय
प्रधानमन्त्रीको क्षेत्रमा विकास योजना पारेको हल्ला गलत : सचिवालय
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट पारेका छन् ।
प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले शुक्रबार वक्तव्य जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैँ प्रधानमन्त्रीले आफै अध्यक्ष रहेको आयोगलाई पत्र नपठाएको बताएका हुन् ।
‘सांसद सम्पर्क कार्यालयमा संकलन गरिएका आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशनबेगर निजी सचिवालयबाट भूलवशः राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ’, सल्लाहकार अर्यालले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
प्रधानमन्त्रीको जानकारीमा नरहेको त्यस पत्रबाट ‘प्रधानमन्त्री ओली आश्चर्यचकित भएको’ वक्तव्यमा उल्लेख छ ।
प्रकाशित समय : १२:४० बजे


















