गृहपृष्ठ नेपाल–भारत सीमा नाका आज साँझदेखि बन्द हुँदै
नेपाल–भारत सीमा नाका आज साँझदेखि बन्द हुँदै
भारतमा भइरहेको लोकसभा निर्वाचनका लागि शनिबार बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ ।
भारतको उत्तर प्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि यही वैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुनेछ ।
केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नेबाहेक अन्य आवतजावत ठप्प हुने बताइएको छ ।
निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
प्रकाशित समय : १३:१४ बजे


















