गृहपृष्ठ कोशी अञ्चल अस्पतालमा अमेरिकी सहयोगमा बर्थिङ सेन्टर बन्ने
कोशी अञ्चल अस्पतालमा अमेरिकी सहयोगमा बर्थिङ सेन्टर बन्ने
विराटनगरको कोशी अञ्चल अस्पतालमा बर्थिङ सेन्टर निर्माण हुने भएको छ ।
अमेरिकाको सहयोगमा बन्ने सेन्टरको शुक्रबार उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर लगायतले उद्घाटन गरे ।
अमेरिकी दुतावास, अमेरिकी सेना लगायतको आर्थिक सहयोगमा बर्थिङ सेन्टर १ वर्षमा सक्ने गरी निर्माण थालिएको हो । १२ करोडको लागतमा ३ कठ्ठा जमिनमा १ सय बेडको दुईतले बर्थिङ सेन्टर भनव निर्माण सुरु भएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले बतार्ए ।
सम्पूर्ण सुविधा सहितको बर्थिङ सेन्टरले विराटनगरबासीलाई मात्र नभई पूर्व क्षेत्रका विपन्न वर्गका लागि सहज हुने अस्पतालले जनाएको छ ।
प्रकाशित समय : १३:३२ बजे


















