global ime bank Long Banner Ad

गृहपृष्ठ सस्तो जुत्ताचप्पल मेला आइतबार सकिँदै, सस्तोमा किन्ने अन्तिम अबसर

सस्तो जुत्ताचप्पल मेला आइतबार सकिँदै, सस्तोमा किन्ने अन्तिम अबसर

सस्तो जुत्ताचप्पल मेला आइतबार सकिँदै, सस्तोमा किन्ने अन्तिम अबसर

राजधानीको भृकुटीमण्डपमा भइरहेको जुत्ताचप्पल मेला काठमाडौं फुटवेयर विजनेस एक्स्पो आइतबार (वैशाख २२) सम्म मात्र हुने भएको छ । मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड र ग्याज फेसन कम्पनी का जुत्ता चप्पलको मेला यही अन्तिम हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।
मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइएको विएफ डियरहिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । नेपाली जुत्ताचप्पल उद्योगी समुहले आयोजना गरेको मेलामा निकै सस्तोमा जुत्ताचप्पल पाइएको उपभोक्ताले बताएका छन् । सस्तोमा जुत्ताचप्पल किन्ने अबसर बैशाख २२ गतेसम्म मात्र भएकाले उपभोक्तालाई मौकाको फाइदा उठाउन हाम्रो आग्रह छ, उपाध्यायले भने, यस्तो मेला फेरि हुँदैन ।
मेलामा नेपालमा चलेका अधिकांश प्रतिष्ठित जुत्ताचप्पल ब्राण्ड एउटै छानामुनि उपलब्ध छन् । जुत्ताचप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि स्वदेशमै जुत्ताचप्पल उत्पादन गरेर आफूलाई स्थापित गरेका ब्राण्डको एकै ठाउँमा सहभागी भएर मेला गरेको पहिलो पटक भएको आयोजकको दावी छ । मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ताचप्पल उपलब्ध छन् । गर्मीमा चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको आयोजकको दावी छ। मेलामा आफ्नो आवश्यकताअनुसार विभिन्न ब्राण्ड र मोडलका जुत्ताचप्पल छानेर लिन पाउने अबसर उपलब्ध हुने रन सुजका न्यौपानेले दावी गरे । मेलामा ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल छन् । गर्मी, स्कुल कलेजको भर्ना सिजन र नयाँ बर्षलाई लक्षित गरेर उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल मेलाका आकर्षण हुनेछन् ।
मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।,

प्रकाशित समय : ०३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु