गृहपृष्ठ नयाँ शक्ति र फोरमबीच एकीकरण अन्तिम चरणमा
नयाँ शक्ति र फोरमबीच एकीकरण अन्तिम चरणमा
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको फोरमबीच एकीकरण हुन लागेको हो ।
एकीकरणलाई टुंगोमा पुर्याउन दुबै पार्टीका नेता पछिल्लो समय छलफलमा व्यस्त छन् । एक नेताका अनुसार दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष रहने गरि सहमति भएको छ । २५ सदस्यीय पदाधिकारीमा १६ जना फोरमबाट र ९ जना नयाँ शक्तिका तर्फबाट रहने बताइएको छ ।
एकीकरणका विषयमा निर्णय गर्न नयाँ शक्तिले २० गते सचिवालय बैठक र फोरमले २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी एकीकरण हुने भएपछि फोरमले माहााधिवेशन समेत सार्न लागेको छ ।
प्रकाशित समय : २१:३९ बजे


















