गृहपृष्ठ सामसङ एस१० प्रि बुकिङका लक्की ड्र विजेता पुरस्कृत
सामसङ एस१० प्रि बुकिङका लक्की ड्र विजेता पुरस्कृत
सामसङ एस१० प्रि बुकिङका लक्की ड्र विजेतालाई पुरस्कृत गरिएको छ । कम्पनीले चैत १८ गतेदेखि वैशाख १ गतेसम्म प्रि बुकिङ खुला गरेको थियो । सामसङले आयोजना गरेको कार्यक्रममा एस१० प्रि बुक गर्ने ग्राहकमध्येबाट कपिल अग्रवालले ५ हजार रुपैयाँबराबरको लेट मी इनका दुईवटा कुपन प्राप्त गरेका छन् भने संगम खड्काले केजीएच पोखरामा एक जोडीका लागि दुई रात बिताउने कुपन प्राप्त गरे ।
त्यस्तै, कला भट्टराई, विक्रम तिमल्सिना र सुदर्शन श्रेष्ठले सामसङको ग्यालेक्सी वाच एक्टिभ र सुमन रञ्जितकारले टर्किस एयरलाइनसको बिजनेस क्लास टिकट (कर तिर्ने गरी) प्राप्त गरेका छन् । ग्यालेक्सी एसको प्रारम्भ भएको १० वर्षको उत्साहसँगै, सामसङ इलेक्ट्रोनिक्सले नयाँ–नयाँ उच्चस्तरीय स्मार्ट फोन प्रस्तुत गर्दै आएको छ ।
प्रकाशित समय : ०२:३९ बजे



















