global ime bank Long Banner Ad

गृहपृष्ठ निगमले फेरि बढायो इन्धनको मूल्य

निगमले फेरि बढायो इन्धनको मूल्य

निगमले फेरि बढायो इन्धनको मूल्य

नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी सबै इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा मटितेल र डिजेलमा १/१ रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोलको खुद्रा मूल्य १११ रुपैयाँ ५० पैसा तथा मटितेल र डिजेलको ९८ रुपैयाँ पुगेको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी  दिए । मूल्यवृद्धिसँगै निगमले १५ दिनमै ७ करोडभन्दा बढी नाफा गर्नेछ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् नै छ ।

indhan-pricehike-newskarobar

प्रकाशित समय : ०४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु