global ime bank Long Banner Ad

गृहपृष्ठ सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको विधेयक प्रमाणीकरण

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको विधेयक प्रमाणीकरण

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको विधेयकलाई प्रदेश प्रमुख कुँवरले बिहीबार प्रमाणीकरण गरेका हुन् ।

गण्डकी प्रदेशसभाको वैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोही दिन प्रमाणित गरेपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेस गर्नुपर्ने प्रावधान छ ।

प्रदेश प्रमुख कुँवरले बिहीबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित समय : ०२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु