global ime bank Long Banner Ad

गृहपृष्ठ गर्मी बढेसँगै खरबुजाको बिक्री बढ्याे

गर्मी बढेसँगै खरबुजाको बिक्री बढ्याे

गर्मी बढेसँगै खरबुजाको बिक्री बढ्याे

तराई क्षेत्रमा अत्याधिक गर्मीसँगै खरबुजाको बिक्री बढेको छ । चैत्र महिनादेखि असारसम्म तराईमा अत्यधिक मात्रामा गर्मी हुन्छ । गर्मीमा शितलताका लागि खरबुजा र काक्रो तथा बढी मात्रामा बिक्री हुने गर्दछ । यतिबेला तराईका जिल्लाहरुमा खरबुजा बिक्री गर्ने र किन्नेको भीड लाग्ने गरेको छ ।

तराईका विभिन्न नदी तथा खोलाका बगरहरुमा पशस्त मात्रामा खरबुजाको खेती गर्ने गरिन्छ । मोरङको रंगेली नगरपालिकास्थित डाँस खोलामा पनि खरबुजाका लहराहरुमा लटरम्म फलेको देखिन्छ । स्थानीय मोदी मण्डलले झण्डै अढाइ दशकदेखी बगरमा खरबुजा खेती गर्दै आएको छन् । उनले भने ‘मैले झण्डै २५ वर्ष भयो यो खेती गरेको । एक सिजनमा झण्डै २ देखी ३ लाख रुपैयाँ कमाउँछु ।’

उनले खरबुजा खेतीबाट वष २ देखी ३ लाख रुपैयाँ सम्मको बिक्री गर्ने गरेका छन् । उनले मंसिर महिनामा रोपेको खरबुजा जेठदेखि बिक्रीका लागि तयार हुने गरेको बताए । उनले १५ कट्ठा जमिन भाडामा लिएर खेती गरेका छन् ।

उनका अनुसार २० कट्ठा क्षेत्रफलमा डेढ किलो बीउ लाग्ने गरेको छ । भारतबाट आयात गरिने खरबुजाको बीउ प्रति केजि २५ हजार रुपैयाँ भारु पर्ने गरेको छ । खरबुजा खेती खोला बगरको बलौटे माटोमा मात्र हुने भएकाले यसमा मेहनत र लगानी बढी हुने कृषक छितन मण्डल बताउँछन् ।

बिघा क्षेत्रफलमा खरबुजा खेती गर्दा युरिया १५ बोरा, डीएपी १० बोरा र गोबर मलको प्रयो गरिन्छ । कृषकले थोक ब्यपारीलाई प्रति केजी १५ रुपैयाँका दरले बिक्री गर्ने गरेका छन । व्यपारीले बजारमा प्रति केजी ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्ममा बिक्री वितरण गर्ने गरेका छन् ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु