गृहपृष्ठ भारत निर्वाचन : नाका ठप्प
भारत निर्वाचन : नाका ठप्प
भारतीय लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको छ । नेपलसँग सीमा जोडिएका नाका बन्द गरिएको हो । पाँचौ चरणको लोकसभा चुनावका लागि शान्ति सुरक्षा कायम गर्न दुई देशबीचको नाका बन्द गरिएको हो ।
नेपाल भारतको सीमा नाकामा प्रहरी फोर्स तैनाथ गरिएको छ । धनुषाको जटही र महोत्तरीको भिठ्ठामोड, सिरहाको मार्डर बोर्डरमा सोमबार विहानैबाट सवारी साधान चलाउन रोक लगाइएको छ । आइतबारदेखि नै बन्द गरिएको नाकामा सोमबार बिहानदेखि नेपालतर्फबाट भारत जाने सवारी साधान नेपाली भूभागमै रोकिएका छन् ।
भारतबाट नेपाल आउने सवारी साधन समेत नाकामै रोकिएका छन् । पैदलयात्रुलाई समेत भारत प्रवेश गर्न दिइएको छैन । एम्बुलेन्सलाई भने दुबैैतर्फको प्रहरी प्रशासनको निगरानीमा आवात जावग गर्न दिइएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । सोमबार भारतमा पाँचौ चरणको मतदान भइरहेको छ ।
प्रकाशित समय : १९:०२ बजे



















