गृहपृष्ठ विराटनगर आन्दोलन : समिति र प्रदेश सरकारबीच वार्ता जारी
विराटनगर आन्दोलन : समिति र प्रदेश सरकारबीच वार्ता जारी
प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउन माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समिति र प्रदेश सरकारबीच वार्ता सुरु भएको छ ।
अस्थायी राजधानी विराटनगरमा रहेको संरचना अन्यत्र सार्ने चलखेल भएको भन्दै संघर्ष समितिले सोमबार बिहानदेखि आन्दोलन सुरु गरेको थियो ।
आइतबार राति संघर्ष समिति बनाएर सोमबारदेखि आन्दोलन सुरु भएको थियो । अहिले समिति र प्रदेश सरकारबीच विराटनगरको विराट होटलमा वार्ता जारी छ । वार्तामा मुख्यमन्त्री शेरधन राई समेत सहभागी छन् ।
प्रकाशित समय : १८:४१ बजे



















