global ime bank Long Banner Ad

गृहपृष्ठ स्थायी राजधानी माग्दै विराटनगर बन्द, जनजीवन प्रभावित

स्थायी राजधानी माग्दै विराटनगर बन्द, जनजीवन प्रभावित

स्थायी राजधानी माग्दै विराटनगर बन्द, जनजीवन प्रभावित

प्रदेश १ को स्थायी राजधानी घोषणागर्न माग गर्दै विराटनगरमा प्रर्दशन सुरु भएको छ । प्रदेशको सम्पूर्ण संरचना विराटनगरमै राखेर स्थायी राजधानी घोषणागर्न माग गर्दै सोमबार बिहानैबाट प्रर्दशन सुरु भएको हो । विराटनगर महानगरपालिकको सभाहलमा आइतबार राति १० बजेसम्म भएको सर्वपक्षीय छलफलले दबाब समिति गठन गरेर स्थायी राजधानीका लागि दबाब दिने निर्णय गरेपछि बिहानैबाट विराटनगरमा प्रर्दशन सुरु भएको हो ।

प्रर्दशनमा विभिन्न राजनितिक दल आवद्ध नेता तथा कार्यकर्ता सहभागि छन् । नगरक्षेत्रका विभिन्न चोकहरुमा प्रर्दशनकारीहरुले प्रर्दशन गरिरहेका छन भने कोशी राजमार्गका विभिन्न चोकहरुमा टायर बालेर यातायात आवागमन अवरुद्ध पार्दे प्रर्दशन गरेका छन ।

प्रर्दशनकारीहरुले कोशीराजमार्गमा पर्ने महाविरचोक,भट्ठी मोड,बरगाछी र कंचनबाडी लगायतका क्षेत्रमा सडकमै धर्ना दिँदै आवागमनमा अवरोध गरिरहेका छन । सर्वपक्षीय दबाब समितिले बन्द आव्हान गरेपछि नगरक्षेत्रमा रहेका कलकारखाना,शैक्षिक संस्था र ब्यापारिक प्रतिष्ठान समेत बन्द भएका छन ।

प्रर्दशनका सहभागिले विराटनगरलाई स्थायी राजधानी बनाउन माग गर्दै नाराबाजी समेत गरिरहेका छन । प्रदेश नं. १ को स्थायी राजधानी निर्धारण गर्ने क्रममा विराटनगरलाई झुक्याउन खोजिएको भन्दै सरोकारवालाहरुले बन्द लगायतका कार्यक्रम घोषणा गरेका थिए ।

सर्वपक्षिय बैठकले प्रदेश एकको राजधानी तय गर्न प्रदेश सभामा दर्ता गरिएको प्रस्तावमा विराटनगरलाई झुक्याउन खोजिएको निष्कर्ष निकालेको छ । राजधानीका विषयमा दर्ता गरिएको प्रस्तावमा विराटनगरलाई प्रदेशको राजधानी बनाउने भनेपनि व्यवस्थापिका र कार्यपालिका अन्यत्र लान खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बैठकमा सहभागि राजनितिक दलका नेताहरुले राजधानीका महत्वपूर्ण संरचनाहरु अन्यत्र लाने विषय मान्य नहुने बताएका छन् । दबाबमुलक कार्यक्रम गर्न अर्थविद डा. भेषप्र्रसाद धमलाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।

धमला संयोजक रहेको समितिमा विभिन्न राजनितिक दलका केन्द्रीय र जिल्ला तहमा रहेका नेताहरु सहसंयोजक रहेका छन ।  यस्तै उद्योग संगठन, मोरङ व्यापार संघ, प्याब्सन, ट्रक व्यवसायी संघसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु दबाबमुलक समितिका सदस्य रहेका छन ।

बैठकले सोमबारदेखि विराटनगरक्षेत्रका बजार, कलकारखाना, यातायात र शैक्षिक संस्था लगायत सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । निर्णय बमोजिम नै यहाँका बजार, कलकारखाना, शैक्षिकसस्था लगायत बन्द गरिएको छ ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु