गृहपृष्ठ राज्य पहिलाको भन्दा बढी निरंकुश : महन्त ठाकुर
राज्य पहिलाको भन्दा बढी निरंकुश : महन्त ठाकुर
राजपाका नेता महन्थ ठाकुरले नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत भएको बताएका छन् । नीति तथा कार्यक्रममाथिको संसदको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम आफूहरुका लागि केही पनि नभएको बताए ।
‘नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत भएको छ’ उनले भने, ‘हाम्रा लागि केही पनि छैन ।’ राज्य पहिलाको भन्दा बढी निरंकुश भएको उनको आरोप थियो । रेशम चौधरीलार्य जनताले चुनाव जिताए तर उनीहरुको चेहरा अहिले संसदमा देख्न नपाएको बताए ।
प्रकाशित समय : १७:५७ बजे



















