गृहपृष्ठ जन्मियो ‘समाजवादी पार्टी नेपाल’
जन्मियो ‘समाजवादी पार्टी नेपाल’
नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको फोरमबीच सोमबार एकता भएको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । काठमाडौंको प्रज्ञाभवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे ।
यादव नेतृत्वको फोरम सरकारमा रहेको छ । पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने यादवले बताउँदै आएका छन् । फोरमले संसवधान संशोधनको माग गर्दै आएको थियो ।
अब संविधान संशोधन नभए सरकार छोड्ने तयारी यादवको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिएको एक सिट रहेको छ । नयाँ शक्तिको भट्टराई आफैं एकमात्र सांसद हुन् ।
प्रकाशित समय : १९:४४ बजे



















