global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ समाजवादी भन्छ- एकता गरौं, राजपा भन्छ- सम्भव छैन

समाजवादी भन्छ- एकता गरौं, राजपा भन्छ- सम्भव छैन

समाजवादी भन्छ- एकता गरौं, राजपा भन्छ- सम्भव छैन

समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पार्टी एकीकरणका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । तर राजपाले तत्काल एकीकरण सम्भावना नरहेको प्रतिक्रिया दिएको छ ।

समाजवादी पार्टीका सहअध्यक्ष श्रेष्ठले एकीकरणको पहल सुरु भएको बताए लगत्तै राजपा अध्यक्षमण्डलका संयोजक सरतसिंह भण्डारीले तत्काल एकीकरणको सम्भावना नरहेको बताएका हुन् । शनिबार राजविराजमा पत्रकारसँग संविधान संशोधनका विषयमा समाजवादी पार्टीको धारणा स्पष्ट नभएकाले एकता हुन नसक्ने बताए ।

‘मधेशी, आदिवासी, जनजाति तथा अल्पसंख्यकको अधिकार र संसवधान संशोधनका विषयमा समाजवादीको स्पष्ट धारण छैन’ उनले भने, तत्कार एकीकरणको सम्भावना देखिदैन ।’ सरकारमा पनि रहने र संविधान सर्वस्विकार्य भएको भन्ने विषयमा पनि समाजवादीको स्पष्ट धारणा नरहेकाले एकता धकेलिएको उनको भनाइ छ ।

तत्कालील फोरम र राजपा दुबैले पार्टी एकताको लागि समिति बनाएका थिए । तर फोरम र नयाँ शक्ति एकीकरण भएपछि राजपा टाढिएको थियो । समाजवादी पार्टीले भने राजपा लगायत विचार मिल्ने दलसँग एकीकराण गर्न सहअध्यक्ष श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । समितिमा समितिमा पर्शुराम खापुङ, नवराज सुवेदी, डम्बर खतिवडा र रामसहाय यादव सदस्य छन् ।

प्रकाशित समय : २३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु