global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नौ दशक पार गरेका वाङ्मयसेवीलाई परिषद्द्वारा अभिनन्दन

नौ दशक पार गरेका वाङ्मयसेवीलाई परिषद्द्वारा अभिनन्दन

नौ दशक पार गरेका वाङ्मयसेवीलाई परिषद्द्वारा अभिनन्दन

काठमाडौँ । नेपाली शिक्षा परिषद्ले नौ दशक पार गरेका नेपाली वाङ्मयसेवीहरूको अभिनन्दन गरेको छ । परिषद्को अमृत महोत्सव वर्ष ८३ का अवसरमा नेपाली भाषा, साहित्य तथा शिक्षाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका वरिष्ठ स्रष्टाहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली साहित्य र वाङ्मयको विकासमा अग्रज स्रष्टाहरूले पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए । उनले परिषद्द्वारा यस्ता व्यक्तित्वलाई सम्मान गरिनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अभिनन्दन परम्परालाई निरन्तरता दिने जानकारी दिए ।

अभिनन्दित हुने व्यक्तित्वमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास, भद्राकुमारी घले, मीर्गेन्द्रराज पाण्डे, डा महेश्वर शर्मा, चेतोनाथ शर्मा आचार्य, शङ्करराज पाठक, द्वारिका श्रेष्ठ, तेजेश्वरबाबु ग्वंगः तथा हरिराम जोशी रहेको छ ।

कार्यक्रममा साहित्यकार, शिक्षाविद्, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । सहभागीहरूले वरिष्ठ वाङ्मयसेवीको योगदान नेपाली भाषा, साहित्य र संस्कृतिका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गरे ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु