global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ डडेल्धुरामा ३२ वर्षपछि नयाँ कभर्ड हलको शिलान्यास

डडेल्धुरामा ३२ वर्षपछि नयाँ कभर्ड हलको शिलान्यास

डडेल्धुरामा ३२ वर्षपछि नयाँ कभर्ड हलको शिलान्यास

डडेल्धुरामा सुविधा सम्पन्न सेमी कभर्ड हल निर्माण हुने भएको छ । अमरगढी नगरपालिका–४, खलंगामा ३२ वर्षअघि बनेको कभर्डहल गत वर्ष असार ३० गते वर्षाका कारण भत्किएपछि सी कभर्ड हल निर्माण गर्न लागिएको हो ।

डडेल्धुरा सेमी कभर्ड हलको शुक्रबार प्रतिनिधिसभा सदस्य निरादेवि जैरुले एक कार्यक्रमका बीच शिलान्यास गरिन् । कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिट हुने डडेल्धुरा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

कभर्ड हलका लागि राष्ट्रिय खेलकुल परिषदले १० लाख रुपैयाँ उपलब्ध गराएको समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले जानकारी दिए । कभर्ड हल निर्माण सम्पन्न गर्न एक करोडसम्म लाग्ने हुँदा तीनवटै सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए । सेमी कभर्ड हल डेढ वर्षभित्र बनिसक्ने उनको भनाइ छ ।

प्रकाशित समय : २२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु