global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बझाङ सदरमुकाम चैनपुरलाई स्वच्छ राख्न सामूहिक प्रयास

बझाङ सदरमुकाम चैनपुरलाई स्वच्छ राख्न सामूहिक प्रयास

बझाङ सदरमुकाम चैनपुरलाई स्वच्छ राख्न सामूहिक प्रयास

बझाङ सदरमुकाम चैनपुरलाई स्वच्छ सफा र व्यवस्थित सहरका रुपमा विकास गर्न सामूहिक प्रयास सुरू भएको छ । सदरमुकाम चैनपुर वरिपरि सेती नदी र बाउली खोला रहेको चैनपुरलाई नमुना सहरको रुपमा विकास गर्न जयपृथ्वी नगरपालिकाले अगुवाइ लिएको हो ।

नगरपालिकासँगै सबै सरोकारवाला निकाय र निजी क्षेत्र पनि चैनपुर बजारलाई सभ्य र भव्य बनाउन लागिपरेका छन् । योग पताञ्जली समूहले ‘स्वच्छ सफा चैनपुर, हाम्रा अभियान’ भनेर ६ महिनादेखि प्रत्येक शनिबार बजार सरसफाइ अभियान गर्दै आएको छ । जयपृथ्वी नगरपालिकाले बजार सफा गर्ने कर्मचारीसहित ट्रिप्पर गाडीबाट दैनिक फोहोर उठाएर व्यवस्थापन गरिरहेको छ ।

आज पनि चैनपुर सरसफाइ अभियानअन्तर्गत प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज र सामाजिक संघसंस्थाका प्रतिनिधिको समूहले बजार सरसफाइ गरेको छ । टोलीले फोहोरलाई व्यवस्थापन गर्न माइकिङका साथै फोहोर उठाएर गाडीमा राख्ने घरदैलोमै पुगेर प्रत्यक घर र डेराबालाले कोठामा डस्डबिन राखेर आफ्नो फोहोर जथाभावी नफाली फोहोरको गाडीमा राख्ने सुझाव दिएका थिए ।

चैनपुरलाई स्वच्छ, सफा सहर अभियान बनाउने अभियन सुरु भएपछि महालक्ष्मी विकास बैंक र डिभिजन वन कार्यालयले बजार क्षेत्रका विभिन्न ठाउँमा फोहोर जम्मा गर्नका लागि डस्टबिन वितरण गरेका छन् ।

प्रकाशित समय : २२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु