global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रिय परिचयपत्र बनाउन एक लाख पचासी हजारभन्दा बढीको विवरण दर्ता

राष्ट्रिय परिचयपत्र बनाउन एक लाख पचासी हजारभन्दा बढीको विवरण दर्ता

राष्ट्रिय परिचयपत्र बनाउन एक लाख पचासी हजारभन्दा बढीको विवरण दर्ता

किमाथाङ्का । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विसं २०७६ साउन ३ गतेदेखि विवरण दर्ता सुरु गरिएको थियो । हालसम्म ९१ हजार तीन पुरुष र ९४ हजार ४२ महिलाले वितरण दर्ता गराएका राष्ट्रिय परिचयपत्र वितरण शाखा खाँदबारीका प्रमुख आशा जबेगुले जानकारी दिए । तीमध्ये २५ हजार कार्ड छपाइ भएका र १० हजार ७६१ जनाले कार्डसमेत पाइसकेको उनले बताए ।

सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश कोशी प्रदेशका सङ्खुवासभा र झापाबाट दर्ता सङ्कलन सुरु गरेको थियो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर घुम्ती शिविरमार्फत समेत दर्ता सङ्कलन गरिएको थियो ।

स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहदानीका लागिसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्र दर्ता सङ्कलनको सङ्ख्या वृद्धि भएको शाखा प्रमुख जबेगुले बताए ।

परिचयपत्र बनाउन नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल अनिवार्य गरिएको छ । विवरण दर्ता गराइए पनि कार्ड छपाइ प्रक्रिया सुस्त हुँदा जिल्लामा २०७७ असोजदेखि कार्ड नआएको जनाइएको छ ।

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु