गृहपृष्ठ ग्लोबल आईएमईको नाफा ४० प्रतिशत बढ्यो, निष्क्रिय कर्जामा पनि उल्लेख्य सुधार
ग्लोबल आईएमईको नाफा ४० प्रतिशत बढ्यो, निष्क्रिय कर्जामा पनि उल्लेख्य सुधार
ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापारमा उच्च सुधार गरेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा बैंकले ७५ करोड खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा ४०.५५ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यो अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब २० करोड रुपैयाँ थियो ।
मंगलबार प्रकाशित तीन महिनाको वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा १.०५ प्रतिशत थियो ।
बैंकको सीसीडी रेसियो ७८.२६ प्रतिशत छ । बेस रेट ९.४४ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ४.९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा छ ।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १८ करोड ४८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
प्रकाशित समय : १६:०० बजे


















