global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकले ४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले ४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले ४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार चार अर्ब ८१ करोड ३२ लाख रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले दुई अर्ब २३ करोड ३२ लाखबराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्नेछ । जुन फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागि दुई अर्ब ४७ करोडबराबरको बिल बिक्री गर्नेछ । जुन जेठ १३ गते परिपक्व हुनेछ ।

यस्तै ३६४ दिने अवधिका लागि ११ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ, जुन मंसिर ९ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । बैंकले मंसिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित समय : २३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु