global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ समृद्धि सूचकांकमा नेपालको सुधार

समृद्धि सूचकांकमा नेपालको सुधार

समृद्धि सूचकांकमा नेपालको सुधार

विगत एक दशकको अवधिमा विश्व समृद्धि सूचकांकमा नेपालले उल्लेखनीय सुधार गरेको छ । लन्डनमा रहेको लेगातम इन्स्टिच्युटद्वारा सोमबार सार्वजनिक ‘प्रोस्परिटी इन्डेक्स २०१९’ अनुसार नेपालले समग्र समृद्धि र्‍याङकिङमा सुधार गर्दै ११५ औं स्थानमा उक्लेको हो । यद्यपि, गत वर्ष सन् २०१८ को तुलनामा भने नेपाल एक स्थान खस्केको छ ।

सन् २००९ यता नेपालले १३ स्थान उक्लिसकेको छ । उक्त वर्ष नेपाल १२८ औं स्थानमा थियो । इन्स्टिच्युटले विभिन्न १२ आधारमा विश्वका १६७ मुलुकको समृद्धि मापन गर्दै आएको छ ।

नेपालले यस अवधिमा व्यक्तिगत स्वतन्त्रता र शान्ति–सुरक्षामा निकै उल्लेखनीय सुधार गरेको भए पनि बजार पहुँच र पूर्वाधारमा निकै कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । दशकअघिका तुलनामा नेपालले शान्ति–सुरक्षाका क्षेत्रमा निकै उल्लेखनीय फडको मारेको छ । सन् २००९ मा यो मात्र सूचकांकमा नेपालको अवस्था १५८ औं रहेकोमा हाल ७८ औंमा उक्लेको छ ।

यस्तै नेपालले शिक्षामा पनि उल्लेखनीय सुधार गर्ने मुलुकहरूको सूचीमा नेपाल सातौं स्थानमा परेको छ । यो सूचकांकमा नेपालले एक दशकको अवधिमा ११ औं स्थानमा फड्को मारेको प्रतिवेदनमा छ । यसबाहेक नेपालले व्यक्तिगत स्वतन्त्रता र अन्य सामाजिक पुँजीमा पनि सुधार गरेको छ ।

सूचकांकमा एसिया–प्रशान्त क्षेत्रबाट मंगोलिया सबैभन्दा उच्च ८७ औं स्थानमा छ भने दक्षिण एसियामा भारत १०१ औं, नेपाल ११५ औं , बंगलादेश १२७ औं र पाकिस्तान १४० औं, अफगानिस्तान सबैभन्दा पुछारमा १६३ औं स्थानमा छ ।

सूचकांकमा केही सुधार गरेको भए पनि नेपाल अझै पनि एसिया प्रशान्तका २९ मुलुकमध्ये २२ औँ गरिब मुलुकमा परेको छ ।

प्रकाशित समय : ००:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु