global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ १३औँ साग : ब्याडमिन्टन हलको काम अन्तिम चरणमा

१३औँ साग : ब्याडमिन्टन हलको काम अन्तिम चरणमा

१३औँ साग : ब्याडमिन्टन हलको काम अन्तिम चरणमा

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले हलमा अब म्याट बिछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी रहेको जानकारी दिए ।

ब्याडमिन्टन हलमा कार्यालय, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ ओटा कोर्ट रहेका छन् । तर प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ । उनका अनुसार हल निमार्णको लागि करिब साढे चार करोड रुपैयाँ खर्च भएको छ ।

ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुनेछन् । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन् भने विदेशीसहित ५ जना प्रशिक्षक रहेका छन् । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागिता जनाउने छन् । पाकिस्तानी टोलीमा ५ पुरुष तथा ५ महिला खेलाडी र ३ प्रशिक्षक हुनेछन् ।

बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउनेछन् । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकले रहनेछन् । श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछ । ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक श्रीलंकन टोलीमा हुनेछन् । ७ सदस्यीय भुटानी ब्याडमिन्टन टोलीमा ४ पुरुष र २ महिला खेलाडी तथा एक प्रशिक्षक हुनेछन् । माल्दिभ्सबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागिता जनाउनेछ । जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक हुनेछन् ।

प्रकाशित समय : ००:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु