global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ महिलामाथि खुर्सानीको धुलो प्रहार

महिलामाथि खुर्सानीको धुलो प्रहार

महिलामाथि खुर्सानीको धुलो प्रहार

महिला अधिकार कार्यकर्ता तृप्ति देसाई भारतको केरलामा अवस्थित सबरीमला स्थित भगवान अयप्पा मन्दिरमा पूजा गर्न मंगलबार कोची पुगिन् । देसाईसँग यसै वर्ष जनवरीमा मन्दिरको दर्शन गरिसकेकी विन्दु अम्मिनी र अन्य कार्यकर्ता पनि कोची अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।

त्यहीँ प्रहरी कमिस्नर कार्यालयभन्दा बाहिर विन्दुका मुखमा अज्ञात आक्रमणकारीले खुर्सानीको धुलो फ्याँक्यो । भारतीय अनलाइन अमरउजालाका अनुसार देसाई, विन्दु र अन्य कार्यकर्ताहरूलाई विमानस्थलबाट कोची सहरको प्रहरी आयुक्तको कार्यालयतिर लैजाँदै यो घटना भएको हो ।

स्मरण रहोस्, १६ नबम्बरमा मन्दिरको ढोका मण्डल पूजा उत्सवका लागि खोलिएका थिए । सन् २०१८ मा सर्वोच्च अदालतले सबै उमेरका महिलाहरूलाई मन्दिरमा दर्शन गर्न दिन आदेश दिएको थियो । यस निर्णयमा पुनर्विचार गरियोस् भनी दायर गरिएको पुनरावेदनमा सात जना न्यायाधीशको फुल बेन्चले फैसला गर्दै छ ।

यसअघि तृप्ति देसाईले संविधान दिवसको अवसरमा २६ नोभेम्बरमा आफ्नो उक्त मन्दिरमा पूजा गर्ने चाहना भएको बताएकी थिइन् । देसाई उच्च अदालतको आदेश पनि स्मरण गराउँदै यहाँ आएकी थिइन् । महिला कार्यकर्ताहरूले मन्दिरमा पूजा गरेर मात्र केरलाबाट फर्कने बताएका छन् ।

पुणे निवासी देसाईले गत वर्ष नोभेम्बरमा मन्दिरको दर्शन गर्ने असफल प्रयास गरेकी थिइन् । हालै तृप्तिले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई चिठी पनि लेखेकी थिइन् ।

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु