global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विराटनगरमा ‘घरजम’को विशेष प्रदर्शन हुँदै

विराटनगरमा ‘घरजम’को विशेष प्रदर्शन हुँदै

विराटनगरमा ‘घरजम’को विशेष प्रदर्शन हुँदै

नेपाली कथानक चलचित्र ‘घरजम’को विराटनगरमा विशेष प्रदर्शनी हुने भएको छ । मौसम इम्बुङद्वारा निर्देशित सो चलचित्र विराटनगरस्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रदर्शन हुने भएको हो ।

यसअघि पाँचथर, इलाम, झापा र सुनसरीमा घरजमको विशेष प्रदर्शन भइसकेको छ । हलहरुमा प्रर्दशन हुनुअघि चलचित्रबारे स्थानीय प्रवुद्ध व्यक्तिहरुसँग प्रतिक्रिया लिनका लागि विशेष प्रर्दशन गरिएको निर्देशक इम्बुङले बताए ।

निर्देशक इम्बुङका अनुसार प्रर्दशनपछि कलाकार, पत्रकार, वुद्धिजिवी, सहित्यकार तथा राजनीतिकर्मीसँग चलचित्रबारे समीक्षा गरिनेछ । चलचित्र र चलचित्रबारे समीक्षा गर्ने परम्परा विकास गर्नका लागि यस्तो कार्यक्रम राखिएको निर्देशक इम्बुङ बताउँछन् । ‘हरेक चलचित्रका राम्रा र नराम्रा पक्ष केलाउने परम्परा स्थापित भए चलचित्र क्षेत्रको विकासमा टेवा पुग्ने मेरो मान्याता हो,’ विशेष प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

विराटनगरमा ‘घरजम’ प्रदर्शनका लागि ‘चलचित्र घरजम प्रर्दशन समिति’ गठन गरिएको छ । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याक्खा छुम्मा, विराट राजवंशी समाज लगायतका सामाजिक संघ संस्थाहरुले प्रर्दशनका लागि सहयोग गरेका छन् ।

रोमियो फिल्म प्रालिको ब्यानरमा निर्मित ‘घरजम’मा किशोरकुमार पन्धाक र सीताकुमारी तुम्बापो प्रस्तुतकर्ता हुन् भने तेज मेन्याङ्बो सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, सुष्मा सुब्बा, हेमराज अन्छङ्बोलगायत कलाकारलाई नेपाली मौलिक पात्रको रुपमा देख्न पाइने छ ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु