काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

714
shares

खोटाङ । विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन् । जस्तापाताको छाना तथा ढुङ्गा-माटोले बनेको दुइतले घरमा विद्युत्को फल्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिए । आगलागीबाट कृष्णकुमारको दुईवटा घर तथा घरभित्र रहेको नगद २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यन्न, महत्वपूर्ण कागजातलगायत जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीका घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।