काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लेम्फीले ल्यायो एम्बिसन ह्याज नो पासपोर्ट , बेलायतमा बचत र क्रेडिट सेवा सुरु

819
shares

ai logo सारांश

  • बेलायतमा, लेम्फीले इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टमार्फत ६ महिनासम्म ५% वार्षिक ब्याजदर प्रस्ताव गरेको छ।
  • नयाँ एप र ‘एम्बिसन ह्याज नो पासपोर्ट’ ब्रान्डद्वारा विभिन्न देशमा वित्तीय र रेमिट्यान्स सेवा विस्तार गरेको छ।
  • लेम्फीले अन्तर्राष्ट्रिय यात्राका लागि डेटा ई–सिम सेवा सुरु गरी मोबाइल कनेक्टिभिटीलाई सहज बनाउने दाबी गरेको छ।

अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार गरेको छ। नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको कम्पनीले बेलायतमा बचत र क्रेडिट सेवा तथा १०० भन्दा बढी गन्तव्यका लागि डेटा ई–सिम सेवा सुरु गरेको हो। कम्पनीले पूर्ण रूपमा नयाँ स्वरूपमा तयार पारिएको एप र ‘एम्बिसन ह्याज नो पासपोर्ट’ अर्थात् ‘महत्त्वाकांक्षालाई पासपोर्ट चाहिँदैन’ नामको नयाँ विश्वव्यापी ब्रान्डसमेत सार्वजनिक गरेको छ। एक वर्षअघि गत कात्तिकमा लेम्फीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गरी नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको थियो।

लेम्फीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कम्पनीले रेमिट्यान्स पठाउने सेवासँगै एउटै खातामार्फत विभिन्न वित्तीय सेवा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत एउटै खाताबाट बचत, कर्जा र कनेक्टिभिटी सेवाको उपभोग गर्न सकिनेछ। साथै, अफ्रिका, एसिया, युरोप र अन्य क्षेत्रका ३० भन्दा बढी देशमा पैसा पठाउन सकिने सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीले डेटा ई–सिम सेवा पनि सुरु गरेको छ। ई–सिमको प्रयोगले अर्को देशमा जाँदा सिमकार्ड फेर्नुपर्ने वा रोमिङ शुल्क तिर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने लेम्फीको दाबी छ। १०० भन्दा बढी गन्तव्यका लागि उपलब्ध यस सेवाले अन्तर्राष्ट्रिय यात्रामा मोबाइल कनेक्टिभिटी सहज बनाउने कम्पनीले जनाएको छ।

लेम्फीले बेलायतलाई लक्षित गर्दै इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टसमेत सञ्चालनमा ल्याएको छ। यस खातामा खाता खोलेको ६ महिनासम्म पाँच प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्न सकिनेछ।