काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

1.13K
shares

ai logo सारांश

  • भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
  • नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन।

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन।

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।

प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन् ।

पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीका लागि अन्तरराष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताए ।