काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

798
shares

ai logo सारांश

  • सङ्खुवासभाको मादी गाउँपालिका मखुवा निवासी ६६ वर्षीय घिमिरेको यही असोज २८ गते निधन भएको हो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जेबी घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन ।

अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै २०४७ सालदेखि पार्टी सङ्गठन निर्माण निरन्तर रुपमा सक्रिय भई शिक्षा र समाजसेवाका क्षेत्रमा अमूल्य योगदान पुर्याएका घिमिरेरको निधनबाट पार्टीलाई क्षति पुगेको बताएका छन ।

अध्यक्ष ओलीले दिवङ्गत घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन । सङ्खुवासभाको मादी गाउँपालिका मखुवा निवासी ६६ वर्षीय घिमिरेको यही असोज २८ गते निधन भएको हो ।