काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्नेः मुख्यमन्त्री पाण्डे

672
shares

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन । एकहत्तरौँँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आज आयोजना गरेको कार्यक्रममा उनले सो धारणा राखेका हुन ।

उनले अनुुसन्धानमा निष्पक्षता, सेवा प्रवाहमा संवेदनशीलता र कानुन कार्यान्वयनमा निर्भिकता भइ अघिबढ्न प्रहरीलाई आव्हान गरेका छन ।

मुख्यमन्त्री पाण्डेले प्रविधिको विकाससँग हिंसा बढेकाले त्यसको न्यूनीकरणलाई कम गर्न प्रहरीलाई आग्रह गरे । प्रदेश सरकारले नेपाल प्रहरीलाई भौतिक पूर्वाधार, ट्राफिक उपकरण तथा सवारी साधन खरिद, विभिन्न तालिममा वित्तिय सहयोग गर्दै आएको उनले जानकारी दिए ।

यसका साथै विपद्पछिको उद्धार तथा खोजमा प्रयोग हुने सामग्रीमा समेतमा सहयोग गर्दे आएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले ‘जनताको साथी प्रहरी’, ‘मुस्कानसहितको सेवा’लगायतको कार्य गर्दै आएकामा खुसी व्यक्त गरे।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्रबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, पूर्वप्रहरी सङ्गठन गण्डकीका अध्यक्ष खिमलाल पराजुली लगायतले प्रहरीको भूमिका र जिम्मेवारीका बारेमा बोलेका थिए ।

सो अवसरमा पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी तथा विभिन्न खोज तथा उद्धारमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरीलाई सम्मान गरिएको थियो ।