काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

672
shares

ai logo सारांश

  • भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
  • चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन् ।
  • झापाको अर्जुनधारा नगरपालिका–११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

काठमाडौं । विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन् । सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुमवासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन् ।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुमवासी परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण कार्यलाई अघि बढाएको छ ।

मन्त्री रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।