काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न कामपाको सर्वसाधारणलाई अनुरोध

651
shares

ai logo सारांश

  • काठमाडौं महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
  • उक्त मितिबाहेक अन्य दिन नियमित रुपमा फोहर व्यवस्थापन हुने कामपाले जानकारी दिनएको छ ।

काठमाडौं – काठमाडौं महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

उक्त दिनहरुमा नेपालीको महान् पर्व दसैँको परेकाले सफाइ कर्मचारी चाडपर्व मनाउन जानुपर्ने हुँदा घर बाट निस्कने फोहर घरमै सङ्कलन गरी राख्न अनुरोध भएको हो । जम्मा भएका फोहरलाई कुहिने र नकुहिनेलाई वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन ।

उक्त मितिबाहेक अन्य दिन नियमित रुपमा फोहर व्यवस्थापन हुने कामपाले जानकारी दिनएको छ ।