काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

208
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन ।

कांग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इण्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले शुभकामना दिएका छन । चिनियाँ कम्युनिष्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिएका छन ।

एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट कांग्रेसलाई शुभकामना दिनुभएको छ । इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) स्ट्यान्डिङ कमिटी, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन ।

कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित आजदेखि १५औँ महाधिवेशन सुरु गरेको हो । महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ ।