गृहपृष्ठ नेपाल क्यान्सर अस्पतालमा विश्व फार्मासिस्ट दिवस मनाइयो

नेपाल क्यान्सर अस्पतालमा विश्व फार्मासिस्ट दिवस मनाइयो

नेपाल क्यान्सर अस्पतालमा विश्व फार्मासिस्ट दिवस मनाइयो

काठमाडौँ  । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा विश्व फार्मासिस्ट दिवस २०२६ मनाइएको छ।

अस्पतालले औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग सुनिश्चित गर्न फार्मासिस्टहरूको महत्वपूर्ण भूमिका रहेको जनाएको छ। बिरामीको उपचार तथा स्वास्थ्य सेवामा फार्मासिस्टहरू स्वास्थ्यकर्मीको महत्वपूर्ण अंगका रूपमा रहेको अस्पतालको भनाइ छ।

अस्पतालले फार्मासिस्टहरूले बिरामीको उपचार यात्रामा सुरक्षा, प्रभावकारिता र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेको छ।

यस वर्षको विश्व फार्मासिस्ट दिवसको सन्देश ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ रहेको अस्पतालले जनाएको छ। अस्पतालले फार्मासिस्टहरूको निरन्तर समर्पण र सेवाप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु