काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रविकिरण हमालको प्रश्नः आफ्‌नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् ?

1.43K
shares

काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि जेन्जी अभियन्ता रविकिरण हमालले नागरिकको पीडा र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।

हमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै त्रिपुरेश्वरमै केही समयअघि भएको गणेश नेपालीको घटनाको स्मरण गर्दै यस्ता चरम घटना दोहोरिनु राज्यका लागि गम्भीर चेतावनी भएको बताएका छन् ।

उनले नागरिकले आफ्नो पीडा सुनाउन ज्यानै जोखिममा राख्नुपर्ने अवस्था किन सिर्जना भइरहेको छ भन्ने प्रश्न उठाउँदै नागरिकका गुनासा र समस्यालाई समयमै सम्बोधन गर्न नसक्नुको जिम्मेवारी कसले लिने भनेर प्रश्न गरेका छन् ।

हमालले घटनाअघि थापाथली क्षेत्रमा ट्राफिक प्रहरीसँग सामान्य विवाद भएको आफूले बुझेको उल्लेख गरेका छन् । उनले गणेश नेपालीको घटनामा नगर प्रहरी र अहिलेको घटनामा ट्राफिक प्रहरीको प्रसंग जोड्दै घटना फरक भए पनि नागरिकमाथि राज्य संयन्त्रबाट हुने व्यवहारबारे प्रश्न उठाएका छन् ।

उनले उपचाररत चालक दावा लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । साथै, घटनाको वास्तविक कारण निष्पक्ष रूपमा छानबिन गरी नागरिकलाई यस्तो चरम कदम चाल्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा राज्यले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको उक्त घटनामा बसको ढोका फुटाएर चालकको उद्धार गरिएको थियो । उनलाई कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारका लागि लगिएको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।