काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

1.47K
shares

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो । उक्त शेयरको कुल मूल्य ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबर रहेको छ ।

आईपीओमा २३ लाख ५१ हजार ५६० जना आवेदकले २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन स्वीकृत भएका छन् । बाँकी आवेदन रद्द भएका छन् ।

निष्काशन गरिएको शेयरको तुलनामा माग अत्यधिक भएपछि कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको हो । बाँडफाँटअनुसार ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

यसअनुसार आवेदन दिएका करिब २३ लाखभन्दा बढी स्वीकृत आवेदकमध्ये सीमित संख्याले मात्र कम्पनीको शेयर प्राप्त गरेका छन् । आईपीओ नपर्ने आवेदकको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फिर्ता हुने व्यवस्था गरिएको छ ।