काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमाले सचिवालय बैठक सुरु, आजै केन्द्रीय कमिटीको बैठक बस्दै

2.75K
shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज सोमबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको सचिवालय बैठकको निरन्तरता स्वरूप आज पुन: बैठक बसेको हो। यो बैठकले आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि छलफलका एजेन्डाहरू तय गर्नेछ।

सचिवालय बैठक सकिएलगत्तै एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे ललितपुरको भैँसीपाटीस्थित रामबाग पार्टी प्यालेसमा बस्नेछ। फागुनमा सम्पन्न निर्वाचनपछि पहिलोपटक बस्न लागेको यस बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्ने समय उपलब्ध गराइने तयारी छ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा आवश्यक सुझावहरू समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।