गृहपृष्ठ एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६को मुख्य प्रायोजक
एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६को मुख्य प्रायोजक
विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यससम्बन्धी सम्झौता एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच आज विराटनगरमा भएको छ ।
सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा विराट एक्स्पोसँग जोडिएका छन् ।
आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पोको यो नवौँ संस्करण हो । उद्योग संगठन मोरङले करिब तीन दशकदेखि आयोजना गर्दै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित छ ।
यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै ‘लर्न एन्ड वर्क’, ‘बिल्ड’, ‘कनेक्ट’, ‘इन्फ्लुएन्स’, व्यापार विस्तार र मनोरञ्जनलगायतका विभिन्न अवसरसँग जोडिने आयोजकले जनाएको छ । एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ ।
आयोजकले यसपटक दुई लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ ।
प्रकाशित समय : १२:२८ बजे


















