गृहपृष्ठ महालक्ष्मी विकास बैंकको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
महालक्ष्मी विकास बैंकको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नवौं संस्करणको ‘नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ मा सहभागिता जनाएको छ ।
२०८३ असोज १ देखि असोज ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनी नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भइरहेको हो ।
प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक पर्ने कर्जासम्बन्धी जानकारी तथा परामर्श दिने भएको छ । ग्राहकको आवश्यकता र क्षमताअनुसार कर्जा प्रक्रियामा सहजीकरण तथा समन्वय गर्ने उद्देश्यले बैंकले प्रदर्शनीमा स्टल राखेको जनाएको छ ।
बैंकले आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । घर तथा जग्गा खरिद र घर निर्माणका लागि विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको बैंकले प्रदर्शनीका क्रममा पनि आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।
यस अवसरमा कर्जा लिने ग्राहकलाई प्रशासनिक शुल्कमा समेत विशेष छुट दिने बैंकले जनाएको छ । बैंकका अनुसार भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ । सोही आधार दरको प्रत्यक्ष लाभ घर तथा जग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिने ग्राहकले लिन सक्ने बैंकको भनाइ छ ।
महालक्ष्मी विकास बैंकबाट कर्जा लिन चाहने ग्राहकले प्रदर्शनीमा रहेको स्टल नम्बर ७७ मा सम्पर्क गर्न सक्नेछन् । बैंकका प्रतिनिधिले प्रदर्शनीमा ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गरी कर्जा प्रक्रिया, आवश्यक कागजात तथा बैंकिङ सेवासम्बन्धी जानकारी र परामर्श दिनेछन् ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रकाशित समय : १६:२३ बजे


















