गृहपृष्ठ सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ८५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र चाँदीको मूल्य चार हजार ६८५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख १०० र चाँदीको मूल्य चार हजार ६०० कायम थियो ।
प्रकाशित समय : ११:१९ बजे


















