गृहपृष्ठ जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
काठमाडौं । ‘सिजी प्रोपर्टिज’ ले काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ को आयोजना गर्ने भएको छ ।
सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजित यस एक्स्पोमा घर जग्गा खरिदकर्ताका लागि थुप्रै आकर्षक अफरहरू सार्वजनिक गरिएका छन् ।
असोज १ देखि ४ गतेसम्म आयोजना हुने उक्त एक्सपोमा ७७ लाख ५० हजारको घर योजना, २५ प्रतिशत छुट र पाँच हजार एकको टोकन बैना अफर गरिएको छ ।
काठमाडौँ नजिकै नुवाकोट र रसुवाका बासिन्दालाई पायक पर्ने क्षेत्रमा तीन बेडरुमसहितको दुईतले आकर्षक घर करिब एक करोड ४० लाखसम्ममा उपलब्ध गराउने अवधारणा ‘सिजी प्रोपर्टिजले प्रस्तुत गरेको छ ।
प्रकाशित समय : १६:३१ बजे


















